June 11, 2026, Thursday
२०८३ जेष्ठ २८
Nepal 1:37:26 pm
Trending

चर्चित टेलिभिजन पत्रकार राजीव खत्री रास्वपाबाट कांग्रेस महामन्त्री गगन थापासँग प्रतिस्पर्धा गर्ने

1K

कल्की संवाददाता
२०८२ पुष २

चर्चित टेलिभिजन पत्रकार राजीव खत्री बिहिबार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्दैछन्। टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका खत्रीको राजनीतिक झुकाव यसअघि पनि रास्वपातर्फ देखिँदै आएको थियो।

राजनीतिक प्रवेशसँगै उनी काठमाडौंको एक निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको बताइएको छ। यसअघि नै खत्रीले एक अन्तरवार्तामार्फत काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापासँग प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। खत्रीको रास्वपा प्रवेशले र गगनसँग भिड्ने घोषणाले उनको राजनीतिक यात्रालाई नजिकबाट हेर्न थालिएको छ ।