September 12, 2026, Saturday
२०८३ भाद्र २७
Nepal 1:37:26 pm
Trending

एमालेकी लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्मा पक्राउ

775

कल्की संवाददाता
२०८२ चैत्र १६

काठमाडौँ। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ। सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनीमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ।