April 25, 2026, Saturday
२०८३ बैशाख १२
Nepal 1:37:26 pm
Trending

एकदिनमै २ हजार ९ सय ३ जना चालक ट्राफिक कारबाहीमा

160

कल्की संवाददाता
२०८३ बैशाख १२

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा २५ लाख ५६ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १२७, नियमविपरीत ‘राइड शेयरिङ’ गरेका २८१, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता २०० र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १७६ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३१२, निषेधित क्षेत्रमा हर्न बजाउने ६५, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम उल्लङ्घनकर्ता ७४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४९९ जनालाई कारबाही गरिएको हो ।