June 1, 2026, Monday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending

आज रास्वपाका सभापति लामिछाने भारत भ्रमणमा जाँदै

145

कल्की संवाददाता
२०८३ जेष्ठ १८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् ।

भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।