April 20, 2026, Monday
२०८३ बैशाख ७
Nepal 1:37:26 pm
Trending

आज दिउँसो १ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

800

कल्की संवाददाता
२०८२ पुष २०

काठमाडौँ । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। दिउँसो १ बजे ‍पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरि केन्द्रीय समिति बैठक आह्वान भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा केन्द्रीय समितिका सम्पूर्ण सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ । पार्टी समायोजन, विस्तार तथा सुदृढीकरण सम्बन्धी छलफल गर्नका लागि रास्वपा केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केही दिन पहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र ऊर्जा मन्त्री कुलमान घिसिङ रास्वपामा मिसिएका थिए ।