October 24, 2026, Saturday
२०८३ कार्तिक ८
Nepal 1:37:26 pm
☰ कल्की खबर
Trending

पूर्वप्रधान न्यायाधीशलाई रेस्क्यु गरिएको हो, नियन्त्रणमा लिइएको होइनः सरकारका प्रवक्ता

455

कल्की संवाददाता
२०८३ आश्विन १३

काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा नलिएको दाबी गरेका छन् । मंगलबारको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको जिकिर गरे ।

मन्त्री पोखरेलले भने, ‘उहाँलाई पक्राउ गरिएको होइन, रेस्क्यु गरिएको हो ।’ उनले राणाको परिवारले सुरक्षा माग गरेर प्रहरी कार्यालयमा निवेदन दिएको भन्दै यसबारे सबै कुरा प्रस्ट भइसकेको बताए ।

मन्त्री पोखरेलले सुरमै थ्रेट आइसकेपछि सुरक्षित स्थानमा लगिएको दाबी गर्दै त्यो थ्रेट जेनजीबाट नभई अपरिचत समूहबाट आएको बताए ।